अमेरिकामा मंकीपक्सबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अमेरिकामा मंकीपक्सबाट एक जनाको मृत्यु

न्युयोर्क। संयुक्त राज्य अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य विभागले पुष्टि गरेको छ । पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पुष्टि गरेको छ । विरामीलाई अस्पतालमा उपचार गरिएको र उनको प्रतिरोध क्षमता कमजोर रहेको थियो ।

अधिकारीहरूले भनेका छन् कि मृत्युको बारेमा कुनै अन्य जानकारी सार्वजनिक गरिनेछैन । लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।

अमेरिकामा मंकी पक्सका कारण मृत्यु भएको यो पहिलो पुष्टि हो । गत महिना टेक्सासमा मृत्यु भएका व्यक्तिमा मंकीपक्स भाइरसको भूमिका पुष्टि भएको छैन । यो वर्ष अमेरिकामा लगभग २२ हजार मंकीपक्सका घटनाहरू सम्भावित वा पुष्टि भएका रूपमा रेकर्ड भएका छन्।् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);