अमेरिकामा मंकीपक्सबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

अमेरिकामा मंकीपक्सबाट एक जनाको मृत्यु

न्युयोर्क। संयुक्त राज्य अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य विभागले पुष्टि गरेको छ । पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पुष्टि गरेको छ । विरामीलाई अस्पतालमा उपचार गरिएको र उनको प्रतिरोध क्षमता कमजोर रहेको थियो ।

अधिकारीहरूले भनेका छन् कि मृत्युको बारेमा कुनै अन्य जानकारी सार्वजनिक गरिनेछैन । लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।

अमेरिकामा मंकी पक्सका कारण मृत्यु भएको यो पहिलो पुष्टि हो । गत महिना टेक्सासमा मृत्यु भएका व्यक्तिमा मंकीपक्स भाइरसको भूमिका पुष्टि भएको छैन । यो वर्ष अमेरिकामा लगभग २२ हजार मंकीपक्सका घटनाहरू सम्भावित वा पुष्टि भएका रूपमा रेकर्ड भएका छन्।् ।

Leave a Reply