भारतमा मंकीपक्सबाट पहिलो मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतमा मंकीपक्सबाट पहिलो मृत्यु

नयाँ दिल्ली। भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको बताइन । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन् ।मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृत्यु हो । यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृत्यु भएको थियो ।

संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए । अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो । उनलाई हल्का ज्वरो र रातो विमिरा आएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);