पेलोसीको सम्भावित भ्रमणबारे ताइवानका प्रधानमन्त्रीको यस्तो छ धारणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पेलोसीको सम्भावित भ्रमणबारे ताइवानका प्रधानमन्त्रीको यस्तो छ धारणा

ताइपेय। ताइवानका प्रधानमन्त्रीले जुनसुकै विदेशी अतिथिलाई ‘न्यानो स्वागत’ गर्ने बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखको सम्भावित ताइवान भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री सु त्सेङ–चाङले उक्त धारणा राखेका हुन् ।

सभामुख पेलोसी अहिले एसिया भ्रमणमा छन् । भ्रमणका क्रममा उनी ताइवान जाने अनुमान गरिएको छ । उनको सम्भावित ताइवान भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको छैन् ।

तर उनको सम्भावित भ्रमणलाई लिएर बेइजिङ सशंकित बनेको छ । पेलोसीको एसिया भ्रमणको पूर्वसन्ध्यामा ताइवान नजान चीनले चेतावनी दिएको छ । आगोसँग नखेल्न पनि उसले वासिंगटनलाई चेतावनी दिएको छ । ताइवानले पाहुनाका लागि ‘सबैभन्दा उपयुक्त प्रबन्ध’ गर्नेछ र उनीहरूको योजनालाई सम्मान गर्ने प्रधानमन्त्री सु त्सेङ–चांगले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);