अमेरिका उत्तेजक, चीन पीडितः बेइजिङ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अमेरिका उत्तेजक, चीन पीडितः बेइजिङ

ताइपेय। ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको चीनले जोड दिएको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको पृष्ठभूमिमा चीनको उक्त भनाई आएको हो ।

‘चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो’ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित ब्रिफिङमा भनिन् । उनले अगाडि भनिन्, ‘पेलोसीको ताइवान भ्रमणको अहिलेको सेरोफेरोमा अमेरिका उत्तेजक हो भने चीन पीडित । अमेरिका र ताइवानको संयुक्त उत्तेजना पहिला आयो, त्यसपछि चीनको बचाउ आएको हो ।’

सभामुख पेलोसीको भ्रमणप्रतिचीन क्रुद्ध छ । उसले ताइवानको उत्तरी, दक्षिण पश्चिम र दक्षिणपूर्वमा हवाई र समुद्रमा आक्रमण गर्ने चेतावनी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);