भारतीय कीर्तिमानी धावक मिल्खा सिंहको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय कीर्तिमानी धावक मिल्खा सिंहको निधन

एजेन्सी । भारतीय कीर्तिमानी धावक मिल्खा सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ । कोरोना भाईरसको उपचार गराईरहेका धावक सिंहको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

मे २० तारिखमा कोरोना संक्रमित भएका ९१ वर्षीया सिंहको चण्डीगढस्थित अस्पतालमा उपचार हुँदै आईरहेको थियो ।

यही जुन ३ तारिखमा अस्पताल भर्ना भएका सिंहलाई जुन १३ सम्म आइसीयूमा राखी उपचार गरिएको थियो । त्यसपछि पीसीआर रिपोर्ट नेगेटिभ आएका सिंहको स्वास्थ्यमा पुन समस्या भएपछि आइसीयूमा राखिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।

यसअघि गएको जुन १३ मा मात्रै सिंहकी श्रीमती निर्मल कोरको पनि कोरोना संक्रमणका कारण निधन भएको थियो ।

सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए । उनले एसियन गेम्समा ४ पटकसम्म स्वर्ण पदक जितेका थिए भने १९५८ मा कमनवेल्थ गेम्समा समेत स्वर्ण पदक जित्न सफल भएका थिए ।

सिंहले १९५६ र १९६४ को ओलम्किममा भारतलाई प्रतिनिधित्व गरेका थिए । सिंह १९५९मा पद्म श्रीबाट समेत सम्मानित भईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);