मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पर्सा । बीरगंज महानगरपालिका १३ स्थित मनोज आयल स्टोर अगाडि सडकमा ना. ४० प २८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका ११ दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका ४ घर भएका ५० वर्षीय सञ्जु सिंहको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका १४ बस्ने १९ वर्षीय राहुल शर्माको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);