विश्वमा एकै दिन सात लाखभन्दा बढीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विश्वमा एकै दिन सात लाखभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा सात लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिका, बेलायत, फ्रान्स जस्ता देशमाकोरोना संक्रमण अत्यधिक बढेको हो।

तथ्यांकहरु अनुसार अमेरिकामा एकै दिन १ लाख ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै‚ बेलायतमा ९३ हजार, फ्रान्समा ५८ हजार, जर्मनीमा ४८ हजार ३००, स्पेनमा ३३ हजार ३०० र इटलीमा २८ हजार ६०० भन्दा बढीमा कोरोना पुष्टि भएको छ।

यस्तै सोही अवधिमा विश्वभर झण्डै सात हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकामा १ हजार ४००, रसियामा १ हजार ८०, पोल्याण्डमा ५६६, जर्मनीमा ४५२, युक्रेनमा ३२८, भियतनाममा २४६ तथा टर्कीमा १९० जनाको मृत्यु भएको छ। विश्वभर कोरोनाबाटहालसम्म ५३ लाख ६० हजार मानिसको मृत्यु भएको छ। अहिले २ करोड २७लाख सक्रिय संक्रमित छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);