विश्वभर संक्रमितको संख्या पाँच करोड भन्दा धेरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वभर संक्रमितको संख्या पाँच करोड भन्दा धेरै

एजेन्सी, २४ कार्तिक । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ४ लाखको हाराहारीमा पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार भन्दाबढी पुग्दा करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका छन् ।

पछिल्लो १ महिनामा मात्र कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ३ लाख ९५ हजार १ सय ७४ पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ४ सय ९० पुगेको छ भने करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका छन् ।

संक्रमणका हिसाबले अक्टोबर महिना सबैभन्दा खराब रह्यो । पछिल्ला केही दिनमा अमेरिकामा दिनहुँ एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्ला दिनमा युरोपमापनि संक्रमण बढेको छ ।कोरोना मसंक्रमितको संख्या ३ करोडबाट ४ करोड पुग्न ३२ दिन लागेकोमा पछिल्लो समय २१ दिनमै थप एक करोडमा कोरोना पुष्टि भएको छ ।

विश्वकै करिब २० प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । यसैगरी युरोपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब एक करोड २० लाख रहेको छ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेमध्ये २४ प्रतिशत युरोपमा मात्रै भएको छ ।

रोयटर्सका अनुसार युरोपमा प्रत्येक तीन दिनमा करिब १० लाखमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । पछिल्लो समय फ्रान्समा संक्रमण ह्वात्तै बढेको छ । फ्रान्समा केही दिनयता दिनहुँ करिब ५४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);