भारतमा दैनिक संक्रमित संख्या ४३ हजारमा झर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा दैनिक संक्रमित संख्या ४३ हजारमा झर्‍यो

एजेन्सी । भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या ४३ हजारमा झरेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा गरिएका १८ लाख ३८ हजार ४ सय ९० पीसीआर परीक्षणमध्ये ४३ हजार ७१ मा संक्रमण पुष्टि भएको हो ।

यो सँगै भारतमा संक्रमितको कुल संख्या तीन करोड ५ लाख ४५ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५२ हजार २ सय ९९ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड ९६ लाख ५८ हजार ७८ पुगेका छन् ।

दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी हुँदा सक्रिय संक्रमित संख्या पनि घटिरहेको छ । भारतमा हाल ४ लाख ८५ हजार ३ सय ५० सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा नौ सय ५५ ले संक्रमणका कारण ज्यान गुमाएका छन् ।योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख २ हजार ५ पुगेको छ ।

भारतमा हालसम्म ३५ करोड १२ लाख २१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);