भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजारभन्दा बढी संक्रमणमुक्त, पछिल्लो साता कै कम संक्रमित संख्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजारभन्दा बढी संक्रमणमुक्त, पछिल्लो साता कै कम संक्रमित संख्या

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमति हुनेको संख्यामा केही कर्मी आएको छ । विगत ५ दिन देखि दैनिक संक्रमित संख्या चार लाख नाघेको भारतमा पछिल्लो २४ घण्टामा भने तीन लाख ६६ हजारमा झरेको छ ।

भारतीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १४ लाख ७४ हजार ६ सय ६ परीक्षणमध्ये तीन लाख ६६ हजार १ सय ६१ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड २६ लाख ६२ हजार ५ सय ७५ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५४ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख ४६ हजार १ सय १६ पुग्यो ।

भारतमा हाल ३७ लाख ४५ हजार २ सय ३७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने तीन लाख ५३ हजार ८ सय १८ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड ८६ लाख ७१ हजार २ सय २२ पुगेको छ ।

त्यसैगरी भारतमा हालसम्म १७ करोड एक लाख ७६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);