इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि अमेरिकाद्वारा आपतकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि अमेरिकाद्वारा आपतकाल घोषणा

एजेन्सी । मुलुकको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि अमेरिकाले आपतकाल घोषणा गरेकोे छ ।

अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपतकाल घोषणा गरेको हो ।

प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुने कोलोनियन पाइपलाइनबाट शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेको थियो । आपतकाल घोषणापछि पाइपलाइनको साटो सडक मार्ग हुँदै इन्धनको आपूर्ति गरिने बताइएको छ ।

बीबीसीका अनुसार यसैका कारण सोमबार इन्धनको मूल्य २–३ प्रतिशत बढ्न सक्ने समेत अनुमान गरिएको छ । पाइपलाइनमा -यान्समवेयर डार्कसाइड नामक एक साइबर अपराधीहरुको गिरोहले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

उक्त समूहले बिहीबार कोलोनियल नेटवर्कमा आक्रमण गरी करिब १०० जिबी डेटा आफ्नो कब्जामा लिएको थियो । त्यसपछि ह्याकरहरुले केही कम्प्युटर तथा सर्भरमा डेटालाई लक गरेका थिए ।

अमेरिकी सरकारसँग फिरौती रकम माग गर्दै नदिए आफूहरुको कब्जामा रहेको डेटा लिक गर्ने धम्की पनि आक्रमणकारीले दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);