आफ्नो डाटा सर्भरमा साइबर आक्रमण भएको भारतको सरकारी स्वामित्वको एअर इण्डियाको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आफ्नो डाटा सर्भरमा साइबर आक्रमण भएको भारतको सरकारी स्वामित्वको एअर इण्डियाको भनाई

एजेन्सी । भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ । साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियाले जनाएको हो ।

कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको छ । कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ ।

साइबर आक्रमण कसले गर्यो भन्ने बारे केही खुलेको छैन । स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको एयर इण्डियाले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० तारिखसम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ ।

एअर इण्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न पनि आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);