नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

एजेन्सी । नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको विमान दुर्घटनामा मृत्यु भएको छ ।

देशको उत्तर–पश्चिमी राज्य कडुनामा शुक्रबार भएको एउटा विमान दुर्घटनामा परेर सेना प्रमुख अटाहिरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा कुडुना अन्तर्राष्ट्रिय विमानस्थल नजिक विमान दुर्घटना भएको नाइजेरियन इयरफोर्सले जनाएको छ ।

यसैबीच नाइजेरियन राष्ट्रपति मोहम्मदु बुहारीले उक्त दुर्घटनाबारे दुख व्यक्त गर्दै ट्वीटमा गरेका छन् ‘हाम्रो फौजले देशले सामना गरिरहेको सुरक्षा चुनौतीलाई आत्मविश्वाससाथ अन्त्य गर्न खोजिरहँदा त्यसमा घातक आघात पुगेको छ’ ।

दुर्घटना परी चालक दलसहित अन्य १० अधिकृतहरुको मृत्यु भएको बताइएको छ ।

५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए ।

इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको उक्त पश्चिम अफ्रिकी देशमा त्यस्तो पुनर्संरचना सेनाको प्रभावकारिता बढाउने सरकारी उद्देश्य अन्तर्गत गरिएको थियो ।

यसअघि तीन महिना अगाडि पनि नाइजेरियाको सेनाको एउटा अर्को विमान राजधानी अबुजामा धावनमार्ग छुने क्रममा दुर्घटना भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);