अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ सय ५७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ सय ५७ पुग्यो

एजेन्सी, २८ चैत । अल्जेरियामा सैनिक विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ । बीबीसीका अनुसार राजधानी अल्जियर्सनजिकै बुफारिक एयरबेसमा आइलुसिन–७६ विमान दुर्घटनामा परेको हो । आज बिहान भएको दुर्घटनामा ठूलो संख्यामा सैैनिकको निधन भएको अल्जेरियन स्टेट रेडियोले जनाएको छ ।

अधिकारीहरुका अनुसार विमान दुर्घटनामा पोलिसारियो फ्रन्टका केही व्यक्तिको पनि मृत्यु भएको छ । पोलिसारियो फ्रन्ट मोरक्कोसँग छुट्टिन लडाई लड्दै आएको विद्रोही संगठन हो । सो संगठनलाई अल्जेरियाले साथ दिँदै आएको छ ।

घाइतेको उद्धारका लागि उद्धारकर्ता र दुर्घटनाग्रस्त स्थलमा एम्बुलेन्सहरु परिचालन गरिएको छ । राजधानी अल्जेरिस नजिकै रहेको बैउफरिक विमानस्थल अल्जेरियाको प्रमुख सैन्य विमानस्थल हो । उक्त विमान पश्चिमी अल्जेरियाको सहर बेचारतर्फ उडिरहेको थियो ।

अल्जेरियन अनलाईन संचामाध्यममा राखिएका तस्बिरमा घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो उडिरहेको र उद्धारकर्मीहरुको भिड लागेको देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);