सिरियाको घटनालाई लिएर रुस-अमेरिकाको सम्बन्ध चिसियो | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

सिरियाको घटनालाई लिएर रुस-अमेरिकाको सम्बन्ध चिसियो

russia-usa

एजेन्सी , २८ चैत । सिरियाको बिद्रोही नियन्त्रित डुमा शहरमा भएको रासायनीक घटनालाई लिएर अमेरिका र रुसबीचको सम्बन्ध थप चिसिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिकाले रासायनिक हतियार प्रयोगबारे स्वतन्त्र छानबिन गर्न गरेको प्रस्तावमा रुसले भिटो प्रयोग गरेपछि अमेरिका आक्रोशित भएको छ । भिटो प्रयोग पछि उत्पन्न परिस्थितीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाको आफ्नो पहिलो भ्रमणसमेत रद्ध गरेका छन् ।

सिरियामा भएको रासायनीक हतियार प्रयोगको विषयमा स्वतन्त्र छानविन गर्न अमेरिकाले संयुक्त राष्ट्रको सुरक्षा परिषमा गरेको प्रस्ताव रुसले भिटो प्रयोग गरि रोकिदिएको छ । अमेरिकाले सिरियाको डुमा शहरमा सिरियाली फौजले रासायनिक आक्रमण गरेको अमेरिकाको दाबी छ । जवकी रुस त्यसलाई मान्न तयार छैन ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले अमेरिकाको प्रस्तावलाई न्यूनतम प्रतिक्रियाको रुपमा ब्याख्या गर्दै अमेरिका मानिसको बाँच्न पाउने अधिकारप्रति प्रतिवद्ध रहेको बताइन । डुमामा सिरियाली सेनाले गरेको कार्बाहीको जवाफ दिन अमेरिका, बेलायत र फ्रान्ससहमत भएपछि संयुक्त सैन्य कार्बाहीको संभावना बढेको चर्चा पनि भैरहेको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युनियाले अमेरिकी आरोपसँग असहमती राख्दै अमेरिकाले गर्न लागेको कार्बाहीको योजना त्याग्न आग्रह गरेका छन् । अमेरिका भने आफ्नो अडानमा यथावत छ । साथै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले जनाउने प्रतिक्रिया र कार्बाहीमा केन्द्रित हुन ल्याटिन अमेरिकाको आफ्नो पहिलो भ्रमणसमेत रद्ध गरी कार्बाही अनुगमनका लागि वासिङटनमै रहने ह्वाइट हाउसले जनाएको छ ।

स्मरणीय छ सिरियामा रासायनिक आक्रमणबाट कयौं मानिसहरुको मृत्यु भएको छ । जसमा बालबालिका र बृद्धबृद्धाहरु बढी छन । अमेरिका रासायनिक हमलाबिरुद्ध लागिपरेको छ । सिरियाली सेनाले प्रयोग गरेको भनिएको रासायनिक आक्रमणबिरुद्ध अमेरिकाको जोडदार आवाज पछि बिश्वब्यापी रासायनिक अस्त्रको निगरानी गर्ने निकायले डुमा शहरमा यथार्थ कुरा पत्ता लगाउन एउटा टोली पठाएको छ ।

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले रासायनिक आक्रमणको लागि सिरियाली सरकार जिम्मेवार रहेको ठहर्याएका छन । बिषाक्त रसायनको असर देखिएका ५ सय भन्दा बढी ब्यक्तिहरुको पूर्वी डुमा शहरको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको जनाइएको छ ।

उता ब्यापार युद्धको बिषयमा एक अर्कालाई तनाव उत्पन्न गरेका अमेरिका र चीनबीच दक्षिण चीन सागरको बिषयलाई लिएर पनि तनाव सृजना भएको छ । अमेरिकाले बिवादित दक्षिण चीन सागरमा गस्ती गरेर चीनलाई खुला चुनौती दिएको छ । अमेरिकाले शक्तिशाली बिमान बाहक युद्धपोत युएस थियोडोर रुजबेल्टबाट २०÷२० मिनेटको अन्तरालमा एफ–१८ लडाकु बिमान उडाएर शक्ति पूदर्शन गरेको छ ।

चीनले दक्षिण चीन सागरमाथि आफ्नो दाबी गरेपछि छिमेकीहरुसँग बिरोधको सामना गर्दै आएको छ । दक्षिण चीन सागरमा चीन, जापान र अन्य दक्षिणपूर्बी एसियाली देशका नौसेनाले पनि आ–आफनो गस्ती बढाएको छ ।