सिरियाको डुमा क्षेत्रमा अनुसन्धान गर्न अन्र्तराष्ट्रिय विज्ञको टोलीलाई अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिरियाको डुमा क्षेत्रमा अनुसन्धान गर्न अन्र्तराष्ट्रिय विज्ञको टोलीलाई अनुमति

rasayanik

काठमाडौं, ४ बैशाख । रासायनिक हतियार प्रयोग भएको भनिएको सिरियाको डोमा क्षेत्रमा अनुसन्धानका अन्र्तराष्ट्रिय विज्ञको टोलीलाई अनुमति दिइएको छ ।

अर्गनाइजेसन एगेन्स्ट युज अफ केमिकल वेपन्स (ओपिसिडब्लु) नामक संस्थाको टोलीलाई स्वीकृति डोमा क्षेत्रमा रासायनिक हतियार प्रयोगबारे अनुसन्धान गर्न अनुमति प्रदान गरिएको हो । ओपिसिडब्लुको टोली अनुसन्धानका लागि गत शनिबार नै सिरिया पुगेको थियो । विज्ञहरुको टोलीले डुमा क्षेत्रको माटो तथा अन्य वस्तुहरुको परिक्षण गरेर आक्रमणमा रासायनिक हतियार प्रयोग भए/नभएको अनुसन्धान गर्ने बताइएको छ ।

अनुसन्धान टोलीका एक अमेरिकी सदस्यले भने डुमा क्षेत्रमा यसअघि नै रसियाली टोलीले अवलोकन गरिसकेकोले घटनाका तथ्यहरु मेटाइएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । १० दिन पहिले डुमा क्षेत्रमा विद्रोहीलाई लक्षित गरेर सिरियाली सेनाले गरेको आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको भन्दै अमेरिका, बेलायत र फ्रान्सले गत शनिबार सिरियामा हवाइ आक्रमण गरेका थिए ।

सिरिया र उसको प्रमुख सहयोगी रसियाले आक्रमणमा रासायनिक हतियार प्रयोग नभएको दाबी गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);