ट्रम्पद्वारा सिरियाली राष्ट्रपति असदलाई जनावरको संज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रम्पद्वारा सिरियाली राष्ट्रपति असदलाई जनावरको संज्ञा

trump-syria

एजेन्सी , २६ चैत । सिरियाको गुटास्थित विद्रोहीको कब्जामा रहेको डुमा शहरमा भएको रासायनिक ग्यास हमलाको चौतर्फी विरोध भएको छ । अन्तराष्ट्रिय समुदायले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डुमा शहरमा रासायनिक हमला गरेकामा सिरियाली राष्ट्रपति बसर अल असदलाई जनावरको संज्ञा दिएका छन् । ट्रम्पले असदलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् । उनले क्रुरतापूर्ण आक्रमण गर्न असदलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानले साथ दिएको आरोप लगाए ।

बेलायतले पनि सिरियामा भएको घटनाको तत्काल छानविन गर्नुपर्ने माग गरेको छ । क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले रासायनिक हमलालाई विनाशकारी अस्त्रको अनुचित प्रयोग भन्दै निन्दा गरेका छन् । रुसले भने रासायनिक हमलामा आफ्नो संलग्नता नरहेको बताएको छ ।

रासायनिक ग्यास आक्रमणपछि डुमा शहरको स्थिति निकै भयावह देखिएको छ । विद्रोही नियन्त्रित डुमा शहरमा गरिएको रासायनिक ग्यास हमलामा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);