सिरियाको गुटामा रासायनीक ग्यास आक्रमण, ७० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सिरियाको गुटामा रासायनीक ग्यास आक्रमण, ७० को मृत्यु

syria

एजेन्सी, २५ चैत । सिरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनीक ग्यास आक्रमण गरिंदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।

सरकारी सेनाले गुटा क्षेत्रमा विद्रोहीलाई लक्षित गरी गरेको रासायनीक ग्यास आक्रमणमा परी कम्तिमा ७० जनाको मृत्यु भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विषालु ग्यास आक्रमणको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको छ ।

अमेरिकाले आक्रमणको जिम्मा रुसले लिनुपर्ने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले आफूले घटनाको अनुगमन गरिरहेको भन्दै रासायनिक आक्रमणको जिम्मेवारी रुसले लिनुपर्ने बताएको हो । सिरियाली सेनालाई रुसले सहयोग गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);