क्यानडामा जुनियर हक्की टिमका सदस्य चढेको बस दुर्घटना, १४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

क्यानडामा जुनियर हक्की टिमका सदस्य चढेको बस दुर्घटना, १४ को मृत्यु

एजेन्सी, २४ चैत । क्यानडाको जुनियर आइस हक्की टिमका सदस्य चढेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उक्त बस लरीसँग ठोक्किएको अधिकारीहरुलाई उदृद गर्दै बीबीसीले उल्लेख गरेको छ ।

सेस्काचेवान राज्यको उत्तरी क्षेत्र टिस्डालेमा दुर्घटना भएको रोयल क्यानडियन माउन्टेड पुलिसले जनाएको छ । बसमा २८ जना रहेको र त्यस मध्ये ड्राइभरसहित १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टिी गरेको छ ।

अरु १४ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था चिन्ताजनक छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाका कारण जुनियर आइस हक्की टिमका सदस्यका अभिभावकले भोग्नु परेको मनोदसाको आफूले अनुमान पनि लगाउन नसक्ने उल्लेख गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);