भारतको जम्बुमा भक्तजन चढेको बस दुर्घटना, ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

भारतको जम्बुमा भक्तजन चढेको बस दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी, १६ जेठ । भारतको जम्बुमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अमृतसरबाट कटरा जाँदै गरेको बस गहिरो खाडलमा खस्दा ९ जनाको मृत्यु भएको  अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बस दुर्घटनामा धेरै जना घाइते भएको बताइएको छ । घाइते सबैलाई अस्पताल पठाएको छ भने मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।

यसअघि जम्मूका डीसीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । तर, अहिले मृत्यु हुनेको संख्या बढेको छ । घाइतेहरुलाई सरकारी मेडिकल कलेज र अस्पतालमा लगिएको छ । पञ्जाबको अमृतसरबाट श्री माता वैष्णो देवी कटडा जाँदै गरेको भक्तजनको बस झज्जर कोटली क्षेत्रमा पुलबाट खसेको हो । पुलको खाडल करिब ५० फिट गहिरो रहेको बताइएको छ ।

यसअघि सोमबार रियासी जिल्लाको कटराको मुरी क्षेत्रमा बस दुर्घटना हुँदा कैयौं घाइते भएका थिए । घटनास्थलमा उपस्थित प्रहरीले घाइतेलाई अस्पताल पुर्याएको थियो । उद्धार कार्य जारी छ। बस अमृतसरबाट आउँदै गरेको र बिहारका मानिस सवार रहेको बताइएको छ । कटरा जाने बाटो बिर्सेर बस सो स्थानमा पुगेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);