इमरान खानलाई विदेश जान रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इमरान खानलाई विदेश जान रोक

एजेन्सी । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उहाँका उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेर खानलाई देशबाहिर जान प्रतिबन्ध लगाएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।

अदालतमा उपहारसम्बन्धी मुद्दा चलिरहेको समयमा इमरान फरार हुन सक्ने भन्दै सरकारले देशबाहिर जना रोक लगाएको हो । कादिर ट्रस्ट प्रकरणमा खानलाई गत मे ९ मा प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि देशभर भड्किएको हिंसामा झण्डै १० मानिसको मृत्यु भएको थियो। इमरानविरुद्ध एन्टी टेरोरिज्मका झण्डै १४० मुद्दा दर्ता छन् ।

इमरान गिरफ्तार भएपछि भड्किएको हिंसाको मामिलामा समेत मुद्दा दर्ता भएका छन् । पाकिस्तानी सैनिकले समेत मुद्दा हालेको बताइएको छ । पछिल्लो पटक सरकारले खानसहित झण्डै ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);