कैलालीमा बस दुर्घटना, दुर्इ जनाको मृत्यु २१ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

कैलाली, ६ भदौ । कैलालीको खानीडाँडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन। घाईतेको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ। हिजो सोमबार धनगढीबाट डोटीको बिपीनगर जाँदै गरेको ना ४ ख ५६३५ नम्बरको बस दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर–५ खानीडाँडामा दुर्घटना भएको हो।

 

बस दुर्घटनामा परि मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका–५ का ७० वर्षीय नरबहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका–५ की ४८ वर्षीया दुर्गादेवी मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कर्णाली रिभर यातायातको उक्त बसमा २५ जना यात्री सवार रहेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);