झापा : गौरीगञ्जको एक घरमाथि बिजुलीको हाइटेन्सन तार खस्यो, ३ जना गम्भीर | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

झापा, ६ भदौ । आज मंगलबार बिहान झापाको गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीका चन्द्र काफ्लेको घरमा बिजुलीको हाइटेन्सन तार खस्दा ३ जना गम्भीर घाइते भएका छन्।

 

घरमाथी खसेको बिजुलीको करेन्ट लागेर घरधनी ५५ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४७ वर्षीया राधिका काफ्ले र २४ वर्षीया दमन्ता काफ्ले गम्भीर घाइते भएका छन्। करेन्ट लागेर दुई चौपाया गोठमै मरेका छन्।

 

घाईतेको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);