पाल्पाको सत्यवतीमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पाको सत्यवतीमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । पाल्पामा बिहीबार राति बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बस दुर्घटनामा परेको थियो ।

रुपन्देहीको सालझण्डीबाट सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी एकै गाउँ खुर्सानेका ६ महिलाको मृत्यु भएको हो । मृत्युु हुनेमा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा परि १८ जना घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);