पहिरो पीडितलाई काजक्रिया गर्न समेत समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिन्धुली, ६ भदौ । केही दिनअघि अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा परिवारका चारजना सदस्य गुमाएका सिन्धुलीका उदय खड्कालाई मृतकको काजक्रिया गर्न समेत समस्या भएको छ ।

 

 

विपन्न परिवारका खड्का परिवार बस्दै आएको घर पहिरोले पुरेपछि खड्काले मन्दिरबाट मृतकको काजक्रिया गरिरहेका छन् । यसैबीच, धुर्मुस–सुन्तली फाउन्डेसनले मंगलबार पहिरोपीडित खड्कालाई नगद तथा राहत सामग्री प्रदान गरेको छ । खड्कालाई फाउन्डेसनले ४० हजार नगद, खाद्यान्न, लत्ताकपडा, तेल, साबुनलगायतका सामग्री हस्तान्तरण गरेको हो ।

गत साउन २८ गतेको अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा खड्काकी श्रीमती, एक छोरी र दुई छोराको ज्यान गएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);