अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिकामा पाँच घर पुरीए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिकामा पाँच घर पुरीए

pahiro

काठमाडौं, २ साउन । अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरिंदा पाँच जना बेपत्ता भएका छन् ।

मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको सहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोका कारण बमबहादुरका १२ वर्षीय छोरा विकास परियारसहित ५ जना बेपत्ता भएका छन् । पहिरोको उच्च जोखिममा परेका १६ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ ।

पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन । त्यस्तै जलजला –८, धाइरिङ बास्कोटमा समेत स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् । स्थानीयको सहयोगमा घाइतेलाई उपचारका लागि लगिएको मिलन चोक प्रहरी चौकी इञ्चार्ज कृष्णबहादुर नेपालीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);