कालीगण्डकीमा पहिरो खस्दा कालीपुलका ८ घरमा क्षति, ३ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कालीगण्डकीमा पहिरो खस्दा कालीपुलका ८ घरमा क्षति, ३ जना घाईते

बिष्णु गौतम ।
पर्वत । म्याग्दी सदरमुकाम बेनीको कालीपुल स्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन् भने ८ घरमा क्षति पु-याएको छ ।

पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।

मध्यरातमा करिब साढे २ बजे पारीपट्टीबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी भएर बजारतर्फ आएपछि ८ घरमा क्षति पु¥याएको कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले जानकारी दिनुभयो । उनका अनुसार बाढीले घरहरु भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाईते भएका छन् । घाईतेलाई स्थानीयले उद्धार गरि बेनी अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको जनाईएको छ ।

पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घरहरु जोखिममा रहेको टोल सुधार समितिका संयोजक पुनले बताए । मध्यरातमा अबिरल बर्षासंगै ठुलो आवाजमा पहिरो खसेपछि स्थानीयबासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए ।

स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए । पहिरो संगै घरभित्रै नदीको बाढी आयो, बृद्धबृद्धाहरुलाई बोकेर सुरक्षित स्थानमा सा¥र्यौ अझै जोखिम टरेको छैन पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ, स्थानीयबासी सृुरेश पुनले भन्नुभयो । उनका अनुसार, बजारमा आएको छालले घरहरुसंगै शौचालय, बाथरुम, खानेपानी लगायतमा समेत क्षति पु-याएको छ ।

छालले नदी नियन्त्रणको लागी बनाईएको पर्खालमा लगाईएको फलामको तारबार समेत पूर्ण रुपमा भत्काएको छ ।

यसैबिच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाको बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी लगाएको टोलीले स्थलगत निरिक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पु-याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको बेनी नगरपालिकाका प्रवक्ता समेत रहनुभएका ८ नम्बर वडा मध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);