बाग्लुङको भुजीखोला बाढी: १५ जना बेपत्ता, ३० घर बगायो, ४ जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाग्लुङको भुजीखोला बाढी: १५ जना बेपत्ता, ३० घर बगायो, ४ जनाको शव फेला

बाग्लुङ, १८ भदौ । निरन्तर वर्षाको कारण बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्क बिहीन भएका छन् भने २५ घरमा क्षति पुगेको छ ।

राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित २ वटा विद्युत गृह, एक वटा झोलुङ्गे पुल, दुई वटा विद्यालय बगाएको बताइएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा ठुलो धनजनको क्षति पु¥याएको छ । बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहीन भएका छन् ।

अहिलेसम्म ४ जनाको शव फेला परेको छ । उद्दारका लागी सुरक्षाकर्मी घटनास्थलतर्फ गएको जिल्ला प्रशासन कार्यलय बाग्लुङले जनाएको छ । विभिन्न ठाउँमा पहिरो गएको कारण उद्धारमा समस्या भएको छ ।

हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);