बाजुरामा राजनीतिक दलका नेताहरुले निषेधाज्ञाको उल्लंघन गदै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

बाजुरामा राजनीतिक दलका नेताहरुले निषेधाज्ञाको उल्लंघन गदै

बाजुरा, १७ भदौ । निषेधाज्ञाको उल्लंघन गर्ने जोसुकैलाई पनि कार्वाही गर्न स्थानीय प्रशासन बाजुराले बताएको छ । जिल्लामा राजनीतिक दलको पार्टी प्रवेश, मेला जात्रा, पूजापाठ र भीडभाडको गतिविधि बढेपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो । गृहले गएको श्रावण २१ मा स्थानीय तहमा मेला जात्रा, भीडभाड नगर्न निर्देशन गरेपनि बाजुरामा जिल्लाका दलका नेताले उल्लंघन गर्दै आएका छन् ।

गृहको पाँच बुँदे निर्देशनलाई जिल्लामा उल्लंघन गरेपछि स्थानीय प्रशासन कार्वाही गर्ने तहमा पुगको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरले बताउनु भयो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको सिएमसी बैठकले कोरोना जोखिममा पनि जिल्लामा भीडभाड बढेपछि कडाइ गर्ने निर्णय गरेको हो । पछिल्लो निर्णय गर्दै जिल्लामा बढेको निषेधाज्ञा अवज्ञाविरुद्ध कडाइ गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);