भक्तपुर जिल्लामा कुनै पनि भिडभाड हुने कार्यक्रम गर्न नपाइने (विज्ञप्ति) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भक्तपुर जिल्लामा कुनै पनि भिडभाड हुने कार्यक्रम गर्न नपाइने (विज्ञप्ति)

सुबास चौलागाई

भक्तपुर, ११ चैत । कोभिड-१९ संक्रमण बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ६ बुँदे निर्णय गर्दै जिल्ला भर फागु पूर्णिमा भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर मात्र होली खेल्न आग्रह गरेको छ ।

गृह मन्त्रालयद्वारा जिल्लामा पत्राचारपछि प्रशासनको आज बसेको बैठकले कोभिड १९ सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै पनि भिडभाड हुने मेला,जात्रा तथा अन्य कार्यक्रमहरू नगर्ने निर्णय गरेको हो ।

बुधबारबाट लागु हुने गरी भक्तपुर जिल्लामा कुनै पनि भिडभाड हुने कार्यक्रमहरू गर्न पाइने छैन । कोभिड १९ को जोखिमबाट बच्न सरकारले जारी गरेको मापदण्ड पालना नगरे संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);