भारत विधानसभा बैठकमा सांसदमाथि प्रहरीकाे लात्ती र मुक्का, १२ सांसद घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारत विधानसभा बैठकमा सांसदमाथि प्रहरीकाे लात्ती र मुक्का, १२ सांसद घाइते

एजेन्सी, ११ चैत । भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिँदा सुरक्षाकर्मीले बल प्रयोग गरी कुटपिट गरेका छन् । सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले बुधबार संसदमा चर्को विरोध गर्न थालेपछि सुरक्षाकर्मी प्रयोग गरी उनीहरुलाई कुटपिट गरिएको विपक्षीहरुको आरोप छ ।

विपक्षी सांसदको नाराबाजी नियन्त्रण गर्न बोलाइएका प्रहरीले सांसदमाथि अन्धाधुन्ध आक्रमण गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । घटनामा दुई महिलासहित १२ सांसद घाइते भएका छन् ।

नयाँ प्रहरी विधेयकले नागरिक असुरक्षित बन्ने भनी नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रति खोसेर च्यातेपछि प्रहरी बोलाएर दमन गरिएको हो । सदन भित्र प्रहरीलाई बोलाइएपछि आक्रोशित सांसदहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले लात्ती र मुक्का बर्षाउन थालेको जनाइएको छ ।

प्रहरीले केही सांसदलाई घिसार्दै बाहिर निकालेको थियो । प्रहरीले सासंदको कपाल लुछेको र लात्ताले हानेको फोटो र भिडिओहरु सामाजिक सञ्जालमा भाईरल बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);