लुम्बिनी प्रदेशका केही महिला सांसदले आफूमाथि प्रहरीले हातपात र दमन गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लुम्बिनी प्रदेशका केही महिला सांसदले आफूमाथि प्रहरीले हातपात र दमन गरेको आरोप

काठमाडाैं । लुम्बिनी प्रदेशका केही महिला सांसदले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।

उनिहरुले महिला हिंसा गरेकाले प्रहरी प्रमुखलाई निलम्वन गर्न माग समेत गरेका छन् । आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप भएको थियो । प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवाउन मुख्यमन्त्रीको कार्यालयमा जाने तयारी गरेपछि विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए ।

आफूहरूमाथि धरपकड गरेर प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेको र आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको समेत उनीहरुको आरोप छ । प्रदेश प्रमुख र प्रहरीले माओवादी केन्द्रकी सांसद लौटी थारुलाई भुइमा लडाएर त्यही शरिर माथि कुल्चेर हिडेको बताईएको छ ।

डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);