डोटीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डोटीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी

डोटी। डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले यस्ता निर्णय गरेको हो ।पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।

वैशाख ५ गतेदेखि यता डोटीमा २०१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सोमबार मात्रै ५७ जनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै ४५ जनामा एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);