थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु 

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोृना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक तथ्यांकमा उल्लेख छ।

योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

ताजा समाचार