नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै, २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै, २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी अझै निमूर्ल भईसकेको छैन । नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार २१६ जनामा,  सोमबार ३२६ जनामा र मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा १० हजार २६७ वटा नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार छ  हजार ६१५ जनामा गरिएको पीसीआर परीक्षणमा ३७० जनामा र तीन हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा

६५ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२५ रहेको छ । पछिल्लो २४ घण्टामा जना २३९ डिस्चार्ज भएका छन् भने मृत्यु कसैको पनि नभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);