नौ बुद्धे सहमति पछि प्रतिष्ठान अधिकृत दहालको शब परिवारले बुझे | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नौ बुद्धे सहमति पछि प्रतिष्ठान अधिकृत दहालको शब परिवारले बुझे


बेलबारी, २१ असाेज । मदन भन्डारी स्मृती प्रतिष्ठान नेपालका लेखा तथा प्रशासकिय अधिकृत मुक्ती दहालको मृत्यु भएको २४ घन्टापछि शब परिवारले दाहासंकार गरेका छन । सोमबार दिउसो प्रतिष्ठानकै कार्यकक्षमा झुन्डीएको अबस्थामा भेटिएको दाहालका परिवार तथा प्रतिष्ठान बिच ९ बुद्धे सहमति पछि शब दाहासस्कार गरेको मृतक दहालका छिमेकी पोश कुमार बास्तोलाले बताए ।

मृत्कका छोरोको शिक्षाको जिम्मा प्रतिष्ठानले लिने, हाल प्रतिष्ठानमै जागीरेको रुपमा रहेकि मृत्ककी श्रीमतिलाई जागीरमा बढुवा गर्ने दोसिलाई कार्वाहि गर्न सहयोग गर्ने लगायतका नौ बुद्धे सहमति उनले बताए । स्थानिय वासिन्दा तथा परिवारका आफन्तले प्रष्ठिानका प्रमुख प्रशासकयि अधिकृत बिनोद अर्याललाई पक्राउ गर्नु पर्ने लगायतका माग राखेर शब परिवारले दाहासस्कार गरेका थिएन्न । पोष्मार्टम गरीसकेको शब गर्मीका कारण गनाउन थालीसेकेको थियो ।

प्रतिष्ठानका प्रमुख प्रशासकयि अधिकृत अर्यालले मृतक दहाललाई आत्महत्या दुरुत्सान गरेको आरोप स्थानिय वासिन्दाहरुले आरोप लगाएका छन । अर्यालले केहि दिन अघि लेखा अधिकृत दहाललाई खालि चेकमा हस्ताक्षर गर्न लगाएर आफैले बोकेपछि उनि थप पिडामा परेको परिवारका एक सदस्यले बताए ।स्रदान्जली दिन दहालकै घरमा पुगेका प्रतिष्ठानका अध्यक्ष लाई स्थानिय आक्रोसित समुहले हातपात समेत गरेको थियो ।

अर्याललाई प्रतिष्ठानले बचाउन खोजेको भन्दै मृत्कका घरमा भेला भएका आक्रोसित समुहले प्रतिष्ठानका अध्यक्ष गुरु बराललाई हातपात समेत गरेका थिए। किटानि जाहेरी दिदा समेत प्रतिष्ठानका पदाधिकारीले अर्याललाई बचाउन खोजेको भन्दै बरालमाथि आक्रोसित समुहले हातपात गरेका हुन । अध्यक्ष बरालमाथि हातपात भएपछि बेलबारी, पथरी उर्लावारी बाट प्रहरीनै परिचालन गरीएको थियो । बरालको स्वास्थ्य अबस्था भने सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्षमाथि हातपात भएपछि प्रदेश १का सामाजिक बिकास मन्त्री जिवन घिमिरे, नेकपाका केन्द्रिय सदस्य दोय महेश रेग्मी, बिनोद ढकाल, नेकपा मोरङका अध्यक्ष ऋसि केश पोख्रेल लगायतका नेताहरुले स्थानिय आक्रोसित स्थानिय वासिन्दालाई सम्झाउन खोजेका थिए । नेताको आश्वासन नमान्ने भन्दै आक्रोसित समुहले गुरु बराल राजिनामा दे, अर्याललाई कार्वाहि गर, मुक्तिलाई सहिद घोष्णा गर भन्दै नारा जुलुस गरेका थिए ।

यता इलाका प्रहरी कार्यालय दमकका डिएसपि बिजय राज पन्डीतले भने उक्त घट्नाको अनुसन्धान अगाडि बढाइएको बताएका छन । कसैले किटानी जाहेरी दिएकै भरमा पक्राउ गर्न नमिल्ने समेत उनले बताए । प्रतिष्ठाको केन्द्रिय कार्यालय उर्लावारी रहेपनि मृत्क दाहाल भने दमकको तारावारीमा रहेको कार्यालयमा काम गर्ने गरेका थिए । तावारीकै कार्यालमा उनको शब झुन्डीएको अबस्थामा भेटिएको हो । दिन भरीनै उर्लावारी भने तनावमा बितेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);