मेलम्चीमा आएको बाढीले हेलम्बुमा अझै २३ जना वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेलम्चीमा आएको बाढीले हेलम्बुमा अझै २३ जना वेपत्ता

flood badi

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा २३ जना अझै वेपत्ता भएको बताइएको छ ।

मंगलवार भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा आएको बाढीमा परि चार जना महिलासहित २३ जना वेपत्ता भएका हुन् ।

हेलम्बु गाउँपालिकाले निकालेको विज्ञप्ति अनुसार बाढीमा बेपत्ता हुनेहरुमा १५ जना स्थानीय बासिन्दा र आठ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्नेहरु रहेका छन् । मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपालीलाई बाढीले बगाएको बताइएको छ ।

बाढीबाट मेलम्ची बजारमा भएको क्षतिको चर्चा भए पनि हेलम्बुमा पनि ठूलो जनधनको क्षति भएको थियो ।

बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले एक सय १२ परिवार विस्थापित भएका गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका झण्डै २५ पसल बाढीले बगाएको छ ।

त्यस्तै किउलमा रहेको इलाका प्रहरी कार्यालयको भवन पनि बगाएको छ । बाढीले ६ वटा झोलुङ्गे पुल र तीन वटा मोटरेबल पुल बगाएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);