मेचम्ची बाढी अपडेट : १७ घर टहरा बगाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मेचम्ची बाढी अपडेट : १७ घर टहरा बगाए

देवराज सुवेदी,

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ९ पक्की र ८ कच्ची गरी १७ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार असार १ गते आएको भिषण बाढीले लेदो भरिएका घरहरु गए रातिको बाढीले बगाएको हो । ती घरहरु खाली थिए । बाढीले चनौटेको रातो पुल समेत बगाएको छ ।

स्थानीय हस्त पण्डितले दिएको जानकारी अनुसार पौने आठ बजे पुल बगाएको हो । मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गेपुल बगाएको छ । । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए ।

बाढी घट्ने, बढ्ने भइरहेको उनको भनाई छ । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारी साधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);