मेलम्ची बाढीले मेलम्ची बजारका थप ७ घर बगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मेलम्ची बाढीले मेलम्ची बजारका थप ७ घर बगायो

सिन्धुपाल्चोक गएराति मेलम्ची नदीमा आएको बाढीले मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका ७ घर बगाएको छ ।

असार १ को बाढीले डुबानमा परेका घर नदीले कटान गरेर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरीशरण श्रेष्ठ सहितको ७ घर बगाएको स्थानीयले बताएका छन् ।

शनिबारदेखि निरन्तर आएको आएको बाढीले हालसम्म ६५ भन्दा बढी घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुम तालामाराङ र मेलम्चीका घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

साथै चनौटे ग्याल्थुम र ढुंगे बजार, बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।

यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);