सुजिता हत्या प्रकरण : हत्यामा आफ्नै बुवाको संलग्नता बुवा सहित थप तीनजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुजिता हत्या प्रकरण : हत्यामा आफ्नै बुवाको संलग्नता बुवा सहित थप तीनजना पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ७ की सुजिता ठाकुरको हत्याको आरोपमा प्रहरीले उनका बुबासहित थप तीन जनालाई पक्राउ गरेको छ । योसँगै उनको हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म सात जना पक्राउ परिसकेका छन् भने अझै केही जना फरार छन् ।

सुजिता हत्यामा संलग्नता देखिएपछि बुवा कामेश्वर पाण्डेयलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरेको हो ।

सुजिता ठाकुर हत्यामा उनका बुवा पाण्डेयकोसमेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले पत्रकार सममेलनगरी जानकारी गराएका हुन् ।

एसपी आचार्यका अनुसार बुवा पाण्डेयकै संलग्नतामा देबर रुपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । ‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने,‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’ पटकपटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएकोले हत्या गरेको उनले बताए ।

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ एसपी आचार्यले भने,‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।

रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ समेत गरेको पनि खुलेको आचार्यको भनाइ छ ।

यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।

जेठ २० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता थिइन् । २६ वर्षीया सुजिताको देवर रूपेश ठाकुर, ससुरा पतिराम ठाकुर, सासू र देवरानीसहितले मिलेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या भएको ३९ औं दिनमा शौचालयको सेप्टिक ट्यांकीभित्र गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको थियो । हत्यापछि सुजिताको शव लुकाउन तथा सेप्टिक ट्याङ्कीभित्र गाडेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डललाई पक्राउ गरी मुद्दा अघि बढिसकेको छ ।

सुजिताकी पति मुकेश ठाकुरलाई समेत पक्राउ गरिए पनि घटनामा उनको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छोडेको थियो । घटनामा संलग्न सुजिताकी सासू र देवरानी अझै फरार छन । उनीहरूको खोजी कार्य जारी रहेको एसपी आचार्यले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);