सामाजिक बहिस्कारको कारण मानसिक तनाव झेल्न बाध्य सुजिताको परिवार, उपयुक्त वातावरण मिलाउन परिवारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सामाजिक बहिस्कारको कारण मानसिक तनाव झेल्न बाध्य सुजिताको परिवार, उपयुक्त वातावरण मिलाउन परिवारको आग्रह

चितवन । चितवनको राप्ती नगरपालिका– ३ की २२ वर्षीया मृतक सुजिता भण्डारीको परिवार सामाजिक बहिस्कारको कारण मानसिक तनाब झेल्न बाध्य भएको छ ।

आइतबार चितवनको खैरहनीमा पत्रकार सम्मेलनको आयोजना गरी सुजिताको काइलोबुवा कोमलनाथ भण्डारीले सुजिताको परिवार सामाजिक बहिस्कारको सिकार बन्दै गईरहेको बताए । उनले यस्तो व्यवहार आफूहरुलाई सह्य नहुने भन्दै उपयुक्त वातावरण बनाउन सरोकारवालाहरुसंग आग्रह गरेका छन् ।

असार ११ गते घरबाट हराएकी सुजिता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायिक वनमा मृतावस्थामा भेटिएकी थिइन् ।

भण्डारीको शव फेला परे लगत्तै उनका परिवार ईश्ट मित्र ,आफन्त , छरछिमेक साथै स्थानीय वासिन्दाले घटनाको सत्यतथ्य छानविनको माग गर्दै राजामार्ग अवरुद्द परेका थिए ।

आन्दोलन चर्किदै जाँदा चितवन प्रशासनले गड्यौलीमा कफ्यू लगाएको थियो ।

सुजिताको न्यायको लागि सडक तताएका स्थानीयबासीको चित्त नबुझाई शव बुझेको र घटना झिसमिस गरेको भन्दै स्थानीयबासीहरु परिवारसंग रुष्ट बनेका थिए ।

सुजिताको अन्त्येष्टि पछि घरमा १३ दिन काजकिरियामा छिमेकी र गाउँलेहरुले सहयोग नगरेको,आवतजावत नै बन्द भएको,गाउँमा लेनदेन टुट्नुको साथै सुजिताको बुवा यज्ञप्रसाद भण्डारी र आमा अम्विका भण्डारी सहित परिवारका अन्य सदस्यहरुसंग छिमेकी र गाउँलेको बोलचाल बन्द भएको कोमलनाथले बताए ।

उनका अनुसार खेत जोत्न ट्याक्टर नलगाइदिने,विरामी हुँदा गाउँलेले बेवास्ता गर्ने सम्मको अवस्था आएको छ ।

सुजिता मृत्यु प्रकरणलाई झिसमिस बनाउन भूमिका खेलेको आरोप आफूमाथि लागेको भन्दै उक्त आरोप निराधार रहेको कोमलनाथले स्पष्ट पारे ।

काठमाडौंमा सुजिताको शव बुझ्ने, घटना मिलाउने काम बुवा यज्ञप्रसाद सहित मामाको छोरा किशोर निरौला,कान्छी माइजु शान्ति निरौला र सानोबुवा लक्ष्मी प्रसाद खतिवडा सक्रिय भएर लागेको भन्दै कोमलनाथले पछिल्लो घटनाक्रममा आफ्नो संलग्नता नरहेको पनि प्रष्ट पारे ।

आफ्नै साइलो बुवाको छोरा सचिन भनिने सुकदेव भण्डारी संगको प्रेम सम्बन्धका कारण सुजिताले आत्महत्या गरेको चितवन प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);