आफ्नै दाजुसँगको प्रेम सम्बन्ध नै सुजिताको मृत्‍युको प्रमुख कारण भएको प्रहरीद्वारा पुष्टि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आफ्नै दाजुसँगको प्रेम सम्बन्ध नै सुजिताको मृत्‍युको प्रमुख कारण भएको प्रहरीद्वारा पुष्टि

आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाई पक्राउ

सन्तोष बस्ताकोटी,

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका -३ कि सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गर्दै मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाईलाई काठमाडौंबाट हिजो बिहीबार पक्राउ गरिएको बताएका छन् ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा सुकदेवको नाम किटान गरेर मुद्दा दर्ता गरेकी थिइन् ।

७ गते बिहीबार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ । सुजिता र सुकदेव नाताले दाजु बहिनी भए पनि लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।

रानाका अनुसार सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्ने सम्मको तयारी भएको खुलेको डिएसपी रानाले जनाए । उनीहरु विदेशमा पुगेर विहे गर्ने सोचमा रहेको पाइएको रानाले बताए । डीएसपी रानाका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको थियो ।

गत असार ११ गते देखि बेपत्ता भएकी सुजिताको शव दश दिनपछि असार २० गते घर नजिकैको सामुदायिक वनमा भेटिएको थियो ।

सुजिता बेपत्ता भएको दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको भनेर सुजिताले आफूलाई बताएको दिदी कविताले बताउँदै आएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);