चरेशसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चरेशसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ

pakrau

सर्लाही । सर्लाही जिल्लाको मलगंवा नगरपालिका २ झण्डाचोकस्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीब ११ के.जी. चरेशसहित तीन जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका ११ बस्ने ५९ बर्षिय बीरबहादुर बल, सोही जिल्लाको कैलाश गाउँपालिका ५ बस्ने २५ बर्षिय शुकुराम पाख्रिन र काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ११ बस्ने २६ बर्षिय सुकलाल तामाङ्ग छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल भन्सार सुरक्षा पोष्ट मलगंवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको चरेश फेला परेको हो । पक्राउ परेकाहरुलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);