सर्लाहीमा अवैध हतियार र चरेश सहित एक भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सर्लाहीमा अवैध हतियार र चरेश सहित एक भारतीय पक्राउ

pakrau

राजिव शाह
सर्लाही ।
सर्लाहीमा अवैध हतियार र लागुऔषध चरेशसहित एकजना भारतीय युवक पक्राउ परेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्तरूपमा खटिगएको गस्ती टोलीले विशेष सूचनाको आधारमा आइतवार राती ९ बजेको समयमा मलंगवा नगरपालिका वडा न-६ खुटौनामा चेक प्वाइन्ट थापी चेकजाँच गर्ने क्रममा खुटौना तर्फबाट BR30 S 6203 नम्बरको मोटरसाइकलमा मलंगवातर्फ शंकास्पद रुपमा आइरहेका भारतको सितामढी जिल्लाको कन्हौली थाना ,विशनपुर ग्राम पञ्चाय वडा न – ८ बस्ने लालबाबु महतोको २४ वर्षीय छोरा सकलदीप कुमार महतोलाई रोकेर चेकजाँच गर्दा निजको शरिर तथा निजले चलाइ ल्याएको मोटरसाइकलको डिक्की भित्र गोली लोड भएको २ थान कटुवा पेस्तोल र ५०० ग्राम लागुऔषध चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

अवैध हतियार र लागुऔषध चरेशसहित पक्राउ परेका महतोमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि आवश्यक अनुसंधान कार्य भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);