सप्तरीमा लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सप्तरीमा लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

pakrau

सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर कङकालिनी नगरपालिका १४ मलहनियास्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले नाईट्रोजन टयाब्लेट २० वटा र १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने २९ बर्षिय लक्ष्मणकुमार साह र २१ बर्षिय मुक्तिनाथ महेरा छन् । ना १० प ३७४४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मलहनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो ।

त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);