सशस्त्र प्रहरीद्धारा श्रोत नखुलेको रुपैयाँसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

सशस्त्र प्रहरीद्धारा श्रोत नखुलेको रुपैयाँसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित वाईपास ईलाकाबाट साउन २७ गते सशस्त्र प्रहरीले ८ लाख ४७ हजार ५ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३५ बर्षिय राजन जैसवाल र ६७ बर्षिय श्याम प्रकाश रहेका छन् । लु ५ प २१९९ नम्बरको मोटरसाईकलमा सुनौलीबाट भैरहवातर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको छ ।

Leave a Reply

ताजा समाचार