श्रोत नखुलेको १९ लाख ५१ हजार रुपैयाँसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

श्रोत नखुलेको १९ लाख ५१ हजार रुपैयाँसहित एक जना पक्राउ

pakrau

पर्सा, २९ फागुन । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट फागुन २९ गते एपीएफ टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ बर्षिय राजेशकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);