श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ

पर्सा । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ भन्सार मेनगेट ईलाकाबाट साउन २० गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण मोतिहारी घर बताउने ३२ वर्षिय आजाद मिया छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित फक्राउ गरिएको हो ।

पक्राउ परेका मियालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Reply

ताजा समाचार