सुजिता भण्डारीको मृत्युसम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुजिता भण्डारीको मृत्युसम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा दर्ता

चितवन। चितवन को राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युसम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा चितवन प्रहरीमा दर्ता भएको छ ।

पारिवारिक नातागोताको एक युवालाई घटनामा आरोप लगाई जाहेरी दिइएको प्रहरीले जनाएको छ । सुजिताको मृत्युमा परिवारिक नाताभित्रकै व्यक्ति संलग्न रहेको भनी प्रहरीले त्यसतर्फ अनुसन्धान बढाएको छ ।

मृतक सुजिताकी आमा अम्बिका भण्डारीले छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आत्महत्या दुरूत्साहन अभियोग मा मुद्दा दिएकी हुन् । यसअघि असार २२ गते उनले जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या भएको हुन सक्ने भन्दै जाहेरी दिएकी थिइन् ।

पोस्टमार्टम रिपोर्टबाट हत्या भएको हुन नसक्ने तथ्य सार्वजनिक भएपछि भिसेरा परीक्षण गरिएको थियो। असार २३ गते नै भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको भएपनि हालसम्म भिसेरा रिपोर्ट न आएको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);