कपडा तस्करी गर्न खोजिरहेका चालक र ट्रकलाई भारतीय प्रहरीद्वारा नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कपडा तस्करी गर्न खोजिरहेका चालक र ट्रकलाई भारतीय प्रहरीद्वारा नियन्त्रणमा

पर्सा। ट्रकमा लुकाएर अवैध तरिकाले कपडा तस्करी गरेर नेपाल भित्र्याउन खोजिरहेका ट्रक र चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जको सिमावर्ती शहर रक्सौलबाट ट्रकमा ‘फल्स बटम’ बनाएर अवैध तरिकारले नेपालमा कपडा तस्करी गर्न खोजिरहेका चालक र ट्रकलाई भारतको रक्सौल भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका हुन् ।

चालकले लगभग १२ लाख रुपैयाँ बराबरको कपडा फल्स बटम बनाएर लुकाएको रक्सौल भन्सारका कर्मचारीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बिहिबार साँझ भन्सार कर्मचारी र प्रहरीले रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ३ ख ८६ नम्बरको ट्रकलाई रोकेर चेक गर्दा कन्टेनरभित्रको फल्स बटममा १२ पोका कपडा राखिएको रक्सौल भन्सार कार्यालयका इन्स्पेक्टर नरेश कुमारले बताए ।

कुमारले ट्रकका चालक र सहचालक दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको छ ।

उनका अनुसार पोकाहरुबात साडी, सर्टिङ, सुटिङ, सुटलगायत कपडा बरामद भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);